काठमाडौँ, २८ फागुन । जुम्ला जिल्लाको तिला गाउँपालिका–३ निवासी एक गर्भवती महिलालाई जटिल प्रसूति समस्या देखिएपछि उद्धार गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत रहेको गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम मार्फत नेपाली सेनाको हवाई साधन प्रयोगगरी गर्भवती महिलालाई जुम्लाबाट सुरक्षित रूपमा उद्धार गरी थप उपचारका लागि सुर्खेत पुर्याइएको हो।
दुर्गम क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोगाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका निभाउँदै आएको छ।





प्रतिक्रिया