बालेन सरकारलाई राप्रपाका ५ सांसदको पूर्ण सहयोग रहने थापाको भनाई, हिन्दूराष्ट्र मुख्य शर्त


काठमाडौं, २८ फागुन । राप्रपाका शीर्ष नेता कमल थापाले बालेन शाहको नेतृत्वमा अब बन्ने सरकारलाई आफ्नो पार्टीका पाँच जना सांसदहरुको साथ रहने बताएका छन् । तर, त्यसको लािग बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउनेगरि संविधान संशोधन गर्न तयार हुनुपर्ने उनको शर्त छ । रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसद्मा दुई तिहाई बहुमतको निम्ति दुई सिट कम रहेको तथ्यांक पेश गर्दै थापाले यस्तो लेखेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–
रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ।यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ ।