एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको निधन


काठमाडौँ, २८ फागुन । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनलाई हृदयघात भएर पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका थापाको निधन भएको हो ।

कास्की कमिटीले आज चुनावी समीक्षा बैठक डाकेको थियो र थापा बैठकमै ढलेका थिए । उनी २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए । २०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य थिए भने २०७९ मा उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए । यसपटकको चुनावमा पनि थापाले टिकट प्राप्त गरेका थिए । तर, पछि त्यही टिकट रश्मी आचार्यलाई दिइएको थियो ।