काठमाडौं, फागुन २८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा अस्पतालमा निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए। उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । त्यसपछि आजै पशुपतिनाथ आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ। उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्। स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।




प्रतिक्रिया