काठमाडौं, फागुन २९ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको पार्थिव शरीर ओली निवास गुण्डु लैजाने तयारी भइरहेको छ । आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएका उनको पार्थिव शरिर गुण्डु लैजान अस्पतालबाट निकालिकाएको छ । अहिले केपी शर्मा ओली पत्नि राधिका शाक्य लगायत आफन्तसहित अस्पताल पुगेका छन् ।
पारिवारिक स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए। मृतकको आजै पशुपतिनाथ आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ। उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्। स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।
फोटोः ओलीको सचिवालय









प्रतिक्रिया