धनुषा–१ का रास्वपाका उम्मेदवार किशोरी साहको मुद्दा न्यायाधीशद्धय सुवेदी र ढुंगानाको इजलासमा


काठमाडौं, २९ फागुन । धनुषा–१ मा उम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको मुद्दाको आज सुनुवाई हुने भएको छ ।

साहले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध रिट दायर गरेका थिए ।

उक्त रिटमा आज न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।