काठमाडौं, २९ फागुन । राप्रपाका नेता तथा पूर्व परराष्ट्रमन्त्री कमल थापाले नेपालको २०८२ सालको परिवर्तनमा पनि बाहृय शक्तिको भूमिका रहेको दाबी गरेका छन् । उनले नेपालको हरेक राजनीतिक परिवर्तनमा बाहृय शक्रिको हात, सहयोग र लगानी रहने गरेको दाबी गर्दै भदौ २३ गतेको जेनजी आन्दोलनमा पनि बाहृय शक्तिको भूमिका रहेको दाबी गरेका हुन् ।
उनले अब बाहृय शक्तिले यो परिवर्तनपछि पनि आफ्नो स्वार्थ र लगानीको प्रतिफल खोज्ने दाबी गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–
नेपालको हरेक राजनीतिक परिवर्तनमा बाह्य शक्तिको हात, सहयोग र लगानी रहने गरेको छ। परिवर्तनपश्चात् जब बाह्य शक्तिले आफ्नो लगानीको मूल्य खोज्न थाल्छ, तब राजनीतिक परिवर्तनका लक्ष्यहरू ओझेलमा पर्ने गरेका छन्। वि।सं। २०८२ को राजनीतिक परिवर्तनमा पनि बाह्य शक्तिको भूमिका रहेको तथ्य लुकेको छैन। स्वाभाविक रूपले, यो परिवर्तनपछि पनि बाह्य शक्तिले आफ्नो स्वार्थ र लगानीको प्रतिफल खोज्ने नै छ।
के बालेन शाहको नेतृत्वमा बन्ने आगामी सरकार बाह्य शक्तिको दबाब र प्रभावबाट मुक्त रहन सक्लारु यसै प्रश्नमा रवि र बालेनको मात्र होइन, सिङ्गो मुलुकको भविष्य गाँसिएको छ। बालेनलाई मेरो शुभकामना !




प्रतिक्रिया