काठमाडौं, २९ फागुन । लेनदेन (विगो) मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ सहयोगीनगर बस्ने रामेछाप मन्थली नगरपालिका-४ घर भएका ४३ वर्षीय ध्रुर्व प्रसाद भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत ललितपुरको २०७५ साउन २५ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।




प्रतिक्रिया