संघीय लोकतान्त्रिक मोर्चाले दियो बालेन शाहलाई बधाई तथा शुभकामना


काठमाडौं, २९ फागुन । संघीय लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएलगत्तै मोर्चाको आज पहिलो बैठक बसेको हो । जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा निर्वाचनको बारेमा समिक्षा भएको हो ।

बैठकले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रुपमा हेर्न पाउनु आफूहरुको लागि गर्वको विषय भएको निश्कर्ष निकालेको छ । बैठकले बालेन शाहलाई प्रधानमन्त्री हुनको लागि अग्रिम शुभकामना दिईएको छ । आफूहरुले उठाएका माग र मुद्दा सम्बोधन हुनेपनि मोर्चामा आवद्ध नेताहरुको विश्वास छ ।

यस्तो छ बैठकपछि जारी गरिएका विज्ञप्ति