काठमाडौं, फागुन ३० । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पार्टीका नेता शेरबहादुर तामाङलाई जवाफ फर्काएका छन् । नेता शेरबहादुर तामाङले आफ्नो भूगोलमा मत जोगाउन नसक्नेहरुले नेतृत्वको राजीनामा माग्ने नैतिकता नहुने भन्दै एमाले नेतृत्वको आलोचना गरेपछि त्यसको जवाफ दिँदै बास्कोटाले तामाङलाई २०३८ सालदेखिकै इतिहास पुनरावलोकन गर्न सुझाव दिएका छन् ।
बास्कोटाले आफ्नो र श्रीमतीको लागि गुट बदल्ने मात्रै होइन, पटकपटक पार्टी फुटाउसमेत पछि नपर्ने चरम अवसरवादी पात्र आफू नभएको जनाएका छन् ।
बास्कोटाले फेसबुकमा लेखेका छन्- भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन।म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन,पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होईन।०३८ यताका ईतिहस हेरौ न।




प्रतिक्रिया