किशोरी साहको मुद्दामा भोली सुनुवाइ


काठमाडौं, फागुन ३० । सर्वोच्च अदालतमा धनुषा क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको मुद्दामा भोली सुनुवाइ हुने भएको छ। निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका उल्लेख गर्दै यही फागुन १९ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सर्वाेच्वमा परेको मुद्दामा हिजो न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइ हुने तय भएकामा न्यायाधीश शारङ्गा सुवेदीले साहको मुद्दा हेर्न नमिल्ने भएपछि आइतबारका लागि सारिएको छ ।

न्यायाधीश सुवेदीले बिहीबार मात्रै साहकै अर्को मुद्दामा आदेश गरेको हुनाले उनले हेर्न नमिल्ने भएको हो । अदालतले साहलाई कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको थियो ।