काठमाडौं, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बस्ने भनिएको सचिवालय बैठक स्थगन् भएको छ । अब सचिवालय बैठक भोलि विहान १० बजे बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आजको लागि तय भएको बैठक भोलि विहान बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक पार्टी मुख्यालय वनस्थलीमा नै बस्ने भएको हो ।
बैठकको कार्यसूचिमा भने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिश गरिने राखिएको छ । यस्तै विविध विषयमा पनि छलफल हुने भनिएको छ । सभापति लामिछाने भने यतिवेला पिसाबको संक्रमणको कारण निवासमै आराम गरेर बसेको बताईन्छ । भोलिको बैठकमा भने उनी उपस्थित् हुनेछन् ।




प्रतिक्रिया