एमाले सचिवालय बैठक सुरू


काठमाडौं, ३० फागुन । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरु भएको हो । आजको बैठकमा निर्वाचनको समिक्षा र पार्टीले समानुपातिकतर्फ पाएको सिटमा सांसदहरुको नाम सिफारिश गरिने बताईएको छ । अध्यक्ष ओली पितृशोकमा छन् । उनी आजको बैठकमा सेता लुगामा छन् ।

तस्विर : बालकोट/फेशबुक