काठमाडौं, ३० फागुन । नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना सांसदको नाम टुँगो लगाएको छ । आज बसेको सचिवालय बैठकमार्फत समानुपातिकतर्फ पार्टीले प्राप्त गरेको १६ सिटमा सांसदको नाम तय गरेको सचिव महेश बस्नेतले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनकाअनुसार पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको हो । यसरी चयन भएका सबैलाई बस्नेतले बधाईसमेत ज्ञापन गरेका छन् ।
जनजाति (४ जना)
महिला : भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ
पुरुष : रामबहादुर थापा मगर र कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला : पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष : गुरु प्रसाद बराल र पुष्पराज कंडेल
थारु (१ जना) : कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला : विष्णुमाया वी.के. र नीता घटानी
मधेसी (३ जना) महिला
महिला : रिङ्ला यादव र यशोधा कुमारी यादव
पुरुष : चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम : (महिला) साजिदा सिद्दीकी




प्रतिक्रिया