काठमाडौं, ३० फागुन । काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्याँस र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउनेमाथिविशेष निगरानी सुरू गरेको छ। काठमाडौंमा ग्याँस र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाएको गुनासा आउन थालेपछि महानगरले निगरानी सुरू गरेको हो ।
प्रशासन विभागका प्रमुख महेश काफ्लेले ग्याँस छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गर्नेमाथि कारवाही गर्ने चेतावनी दिए। नेपाल आयल निगमले ग्याँसको मूल्य प्रति सिलिण्डर १ हजार ९१० रुपियाँ तोकेको छ। उक्त मूल्यमै खरिद विक्री गर्न व्यावसायी र उपभोक्ताहरुमा महानगरले अनुरोध गरेको हो ।
महाननगरले हटलाइन नम्बरहरु ११८० र ९८५१३५६५०९ मा सम्पर्क गरेर ग्याँस र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाएको विषयमा अवगत गराउन तथा गुनासोका लागि आग्रह गरेको छ ।
‘ग्याँस अभाव हुने आशंका गरेर उपभोक्ताहरुले बढी माग गने गरेको पनि पाइएको छ । यसरी ग्याँस सञ्चिती गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्छ । यसकारण उपभोक्ताहरुलाई पनि जिम्मेवारपूर्वक ग्याँस माग गर्नुपर्छ ।’ काफ्लेले भने,‘सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ । आफ्ना आफ्ना दायित्व सबैले पूरा गनुपर्छ ।’
पेट्रोल पम्पहरुले पनि आफूसँग मौज्दात इन्धन हुँदाहुँदै छैन भनेर सवारीसाधनलाई उपलब्ध नगराउने सूचना पाएको भन्दै यसमा पनि निगरानी थालेको महानगरको भनाइ छ। ग्याँस र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका हटलाइनमा टिपाउन सकिने व्यवस्था मिलाइएको समेत महानगरले जनाएको हो। file photo




प्रतिक्रिया