रास्वपाले टुँगो लगायो ५७ जना सांसदहरूको नाम, ४८ महिला र ९ जना पुरुष


काठमाडौं, १ चैत्र । रास्वपाले समानुपातिकतर्फको ५७ जना प्रस्तावित सांसदहरुको नाम तय गरेको छ । मनोनयनमा परेकाहरूको नामावली निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि प्रकाशित गरिने रास्वपाले जनाएको छ । आज पार्टीको सचिवालय बैठकमार्फत रास्वपाले समानुपातिकतर्फका सांसदहरुको नाम टुँगो लगाएको हो ।

निर्वाचन आयोगमा यसअघि बुझाईएको सुचिमा रहेकाहरुमध्येबाट खसआर्यबाट १७ जना, आदिवासी/जनजातिबाट १६ जना, मधेशीबाट ९ जना, दलितबाट ८ जना, थारुबाट ४ जना र मुस्लिमबाट ३ जनाको नाम सिफारिश गरिएको छ । जसमा ४८ जना महिला र ९ जना पुरुष रहेका छन् ।