कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी, समानुपातिकतर्फ सांसदको नाम टुँगो लगाउने


काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सभापति गगन थापासहित पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूको उपस्थिति छ ।

निर्वाचनमा नराम्रो हार व्यहोरेपछि आज कांग्रेस पहिलोपटक समिक्षामा जुटेको हो । योबीचमा सभापति थापाले राजीनामा दिने चर्चा चलेको थियो । तर, पार्टीका नेताहरुले तत्काल राजीनामा नदिन भनेका छन् ।

आजको कार्यसम्पादन समितिको बैठकले पार्टीले समानुपातिकतर्फका सांसदहरुको नाम टुँगो लगाउने भएको छ । कांग्रेसले समानुपातिकतर्फ २० सिट पाएको छ । प्रत्यक्षको १८ र समानुपातिकतर्फको २० सिट जोड्दा कांग्रेसको प्रतिनिधिसभामा ३८ सिट रहेको छ ।