काठमाडौं, १ चैत्र । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ प्राप्त चार सिटमा सांसदहरुको नाम सिफारिश गरेको छ ।
पार्टीका प्रवक्ता सत्य घले गुरुङले सार्वजनिक गरेको लिष्टमा आदिवासी/जनजातिबाट पूर्णप्रसाद लिम्बु (पुरुष), खस आर्यबाट अम्बिका देवी संग्रौला (महिला), दलितबाट राधिका रम्तेल (महिला) र मधेसीबाट रुवी कुमारी ठाकुर (महिला) रहेका छन् ।
जम्मा ४ जनाबाट एक जना पुरुष र तीन जना महिला सिफारिश गरिएको छ ।





प्रतिक्रिया