खुश्बु ओलीसहित यी हुन् राप्रपाले छानेका ४ जना समानुपातिक सांसद


काठमाडौं, १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम चयन गरेको छ । आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर पार्टीले प्राप्त गरेको चार रिटमा नाम सिफारिश गरिएको हो ।

बैठकले खसआर्य पुरूषतर्फ भरत गिरी (महोत्तरी), मुस्लिम पुरूषतर्फ ताहिर अली (रूपन्देही), खसआर्य महिलातर्फ खुश्बु ओली (झापा) र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरेको छ । राप्रपाले यो निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट जितेको छ । प्रवक्ता ज्ञानबहादुर शाही जुम्लाबाट निर्वाचित भएका हुन् । एक जना प्रत्यक्ष र चार जना समानुपातिकसहित अबको प्रतिनिधिसभामा राप्रपाको पाँच जना सांसदहरुको उपस्थिति रहनेछ ।