राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा ओलीका पितप्रति श्रद्धाञ्जली अर्पण


काठमाडौं, १ चैत्र । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

भक्तपुरको गुन्डुस्थित ओली निवास पुगेर अध्यक्ष दाहालले आज श्रद्धाञ्जली अर्पण गरेका हुन् । ओलीका ९७ वर्षीया पिता मोहनप्रसाद ओलीको फागुन २९ गते निधन भएको हो ।