जनमत पार्टीको महाधिवेशन असोजलाई सर्यो, यी हुन सचिवालय बैठकका निर्णय


काठमाडौं, १ चैत्र । जनमत पार्टीको सचिवालय समितिको बैठक बसेको छ । आज बसेको बैठकले २१ फागुनमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनको समिक्षा बैठक चैत्र ७ गतेसम्म पठाउन तल्लो कमिटीलाई निर्देशन दिईएको छ ।

पार्टीले सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्नुपर्ने भएकोले जिल्ला समन्व्य समितिका सदस्यहरुबाट बढिमा ७ जना हुनेगरि चैत्र १४ गते भौतिक बैठक बसी केन्द्रीय सचिवालयबाट पठाएको प्रतिनिधिको रोहबरमा चयन गर्ने निर्णय भएको छ ।

यस्तै, यही चैत्र २० र २१ ग्ते हुने पार्टीको महाधिवेशन आगामी ०८३ को असोज ९ र १० गते गर्ने पनि आजको बैठकले निर्णय लिएको महासचिव चन्दन सिंहले जानकारी दिए ।