गृहमन्त्री अर्यालको नाम राष्ट्रियसभा सदस्यमा मनोनितको लागि सिफारिश


काठमाडौं, १ चैत्र । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त रहेको एक सिटमा गृहमन्त्री ओमप्रकाश अर्यालको नाम सिफारिश गरेको छ । आज बालुवाटारमा बसेको बैठकले अर्यालको नाम सिफारिश गरेको हो । ५९ सदस्यीय राष्ट्रियसमा राष्ट्रपतिले मनोनित गर्ने एक सिट रिक्त छ ।

यसअघि निर्वाचनमार्फत आएका राष्ट्रियसभाका सदस्यहरुले भने पद तथा गोपनियताको शपथ खाईसकेका छन् । गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा नियुक्त भए रास्वपा नेतृत्वको शक्तिशाली सरकारमा यही भूमिकामा दोहोरिन सक्ने सम्भावना पनि छ । उनी अब बन्ने प्रधानमन्त्री बालेन शाहको विश्वासपात्र हुन् ।