यी हुन् रास्वपाले छानेका ५७ जना समानुपातिक सांसद, प्रकाश सपुत र ज्ञानेन्द्र मल्ल छुटे


काठमाडौं, १ चैत्र । रास्वपाले समानुपातिकतर्फका ५७ जना सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएको छ । जसअनुसार रास्वपाले खसआर्य १७ जना महिला र एक जना १ पुरुषको नाम सिफारिश गरेको छ । पुरुषतर्फ भने रमेश प्रसाईंको नाम सिफारिश भएको छ । यस्तै, महिलातर्फबाट भने प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी (आचार्य), विधुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला (पिछडिएको), क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्नाकुमारी थापा (पिछडिएको), ज्ञानु पौड्याल, प्रभा ढकालको नाम सिफारिस गरिएको छ ।

यस्तै, आदिवासी जनजाति १६ जनामा ३ पुरुष सिफारिश भएका छन् । महिलातर्फबाट बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजू, सुजाता तामाङ, कृपा महर्जन र एलिजा गुरुङको नाम सिफारिस गरिएको छ । यस्तै, पुरुषतर्फ डा. राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पा रहेका छन् ।

यस्तै, मधेशी ९ जनाको नाम सिफारिश भएको छ ।जसमा २ पुरुष परेका छन् । महिलाबाट पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिताकुमारी चौधरीको नाम सिफारिस गरिएको छ । पुरुषतर्फ पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्णको नाम छ ।

दलित ८ जनाको नाम सिफारिश गरिएको छ। दलितर्फ एक जना पुरुषको नाम छ । महिलातर्फ रिमा विश्वकर्मा, अमृता विक, सीता वादी, स्मृति सेञ्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा र खिमा विकको नाम सिफारिस गरिएको छ । पुरुषतर्फ प्रकाशचन्द्र दर्जीको नाम सिफारिस गरिएको छ । दलित कोटाबाट चर्चित गायक प्रकाश सपुतको पनि नाम समानुपातिक सूचीमा समावेश थियो । तर, प्रकाशचन्द्र दर्जीलाई समेट्दा उनको नाम छुटेको छ ।

यस्तै, थारु ४ जनाको नाम सिफारि भएको छ । जसमा दुई जना महिला र दुई जना पुरुष रहेका छन् । यसरी सिफारिश भएकाहरुमा गीता चौधरी, करिश्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी रहेका छन् । यस्तै, मुस्लिमतर्फ ३ महिलाको नाम सिफारिश भएको छ । उनीहरु समिना मियाँ, अफ्साना बानु र गजाला समिम मिकरानी रहेका छन् ।