काठमाडौं, चैत २ । बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ। गत आईतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो। जिल्लाका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, त्रिवेणी र खप्तड छेडेदह लगायतका उच्च स्थानमा हिमपात भएको छ।
हिमाली भेगमा हिउँ परेको भए पनि अन्य केही ठाउँमा पानीसँगै असिना परेको छ। पानीले खेतीलाई केही राहत पुर्याए पनि असिनाले गहुँबालीमा सामान्य क्षति पर्याएको किसानहरूले बताउँछन्। फागुन, चैत र वैशाखमा पर्ने असिनाले हिउँदे बाली, विशेषगरी गहुँबालीमा ठूलो क्षति पुर्याउने जोखिम हुने यहाँका किसानहरूको अनुभव छ।




प्रतिक्रिया