कांग्रेसका पूर्व सांसद चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश


काठमाडौं, २ चैत्र । विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। आज (सोमबार) न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
आदेशमा भनिएको छ,‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल चालिसेबाट ५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबर बैंक जमानत दिए लिई उनलाई तारेखाम राखी प्रस्तुत मुद्दा पूर्पक्ष गर्नू,।’ चालिसेविरुद्ध अकुत सम्पत्ति र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलेको थियो ।