काठमाडौं, २ चैत्र । २१ फागुनमा सम्पन्न भएको निर्वाचनमा अभुतपूर्व सफलता हात पार्दै पहिलो दल बनेको रास्वपाले पार्टीबाट निर्वाचित सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम राखेको छ । ललितपुरको रोयल टुलिप होटेलमा चल्ने दुई दिने अभिमुखीकरण कार्यक्रममा प्रशिक्षणमा आउने सांसदहरूलाई रास्वपाले ६ बुँदे निर्देशन जारी गरेको छ।
पार्टीले सबै सांसदहरूको खाना र आवासको व्यवस्था गरेको छ । तर, प्रशिक्षण हलमा मोबाइल फोन प्रयोग निषेध गरेको छ । यस्तै, कार्यक्रममा स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध गरेको छ।





प्रतिक्रिया