काठमाडौं, चैत ३ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुनु विडम्बनापूर्ण रहेको बताएका छन्। जेन-जी विद्रोहको जगमा देश ठूलो राजनीतिक उथलपुथलपूर्ण आमनिर्वाचनसहित नयाँ युगमा प्रवेश गरिसकेको सन्दर्भमा कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुनु विडम्बनापूर्ण रहेको उनले बताएका हुन्।
डा. भट्टराईले जेन-जी विद्रोहको जगमा बनेको र जेन-जीहरूसँग नै १०-बुँदे सम्झौता गरेको सरकार हुनाले अहिलेको अन्तरिम सरकारले नै कुनै किन्तुपरन्तु नगरी कार्की आयोगको प्रतिवेदनलाई सार्वजनिक गर्नु सबै हिसाबले उपयुक्त हुने भनाइ राखेका छन्।
साथै उनले अब नयाँ बन्ने सरकारले विधि पुर्याएर कार्यान्वयन गर्न सजिलो हुने जिकिर गर्दै नत्र आम जनता र विशेषतः जेन-जी युवाहरूलाई ‘कराईबाट उम्केको माछा भूँग्रामा’ भनेजस्तै हुनसक्ने उल्लेख गरेका छन्।
‘जेन-जी विद्रोहको जगमा बनेको र जेन-जीहरूसंग नै १०-बुँदे सम्झौता गरेको सरकार हुनाले अहिलेको अन्तरिम सरकारले नै कुनै किन्तुपरन्तु नगरी कार्की आयोगको प्रतिवेदनलाई सार्वजनिक गर्नु सबै हिसाबले उपयुक्त हुन्छ। अब नयाँ बन्ने सरकारले विधि पुर्याएर कार्यान्यन गर्न सजिलो हुन्छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।




प्रतिक्रिया