काठमाडौं, चैत ३ । अमेरिका-इजरायल-इरान द्वन्द्वको बीचमा भारतले होर्मुज स्ट्रेट नजिकै दुई युद्धपोत तैनाथ गरेको छ । एएनआईका अनुसार यी भारतीय नौसेना टास्क फोर्स जहाजहरूले भारतमा तेल र ग्यास बोक्ने व्यापारी जहाजहरू र ट्याङ्करहरूलाई सुरक्षा प्रदान गर्नेछन्।
यसैबीच, युद्धको बीचमा भारतको पहिलो एलपीजी जहाज, ‘शिवालिक’ आज गुजरातको मुन्द्रा बन्दरगाहमा आइपुगेको छ । जहाजले लगभग ४६ हजार मेट्रिक टन एलपीजी बोकेको छ । जुन लगभग ३२ लाख ४० हजार घरेलु ग्यास सिलिन्डर बराबर रहेको जनाइएको छ ।
बीबीसीका अनुसार नन्द देवी र जग लडकी नामक दुई थप भारतीय जहाजहरू पनि तेल र ग्यास लिएर भोलीसम्म भारत आइपुग्दैछन् ।




प्रतिक्रिया