काठमाडौं, चैत ३ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ मा स्थानीय छिमेकीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।
स्थानीय ४५ वर्षीय धनबहादुर महतरा र उनका छोरा १८ वर्षीय हेमराजको कुटाइबाट छिमेकी ३५ वर्षीय सर्वाश बुढाको मृत्यु भएको हो । अस्थायी प्रहरी चौकी मुक्तिकोटका प्रहरी सहायक निरीक्षक रवीन्द्र धामीका अनुसार महतरा र बुढाबीच पुरानै विवाद थियो। सोमबार साँझ ६ः०० बजेतिर झगडा सुरु भएको र झगडामा कुटाकुट हुँदा महतराका बाबुछोराले ढुङ्गाले टाउकोमा हान्दा बुढाको घटनास्थलमै मृत्यु भएको हो।
खबरपछि प्रहरी सहायक निरीक्षकको टोली पुगेर पीडक धनबहादुर महतरालाई नियन्त्रणमा लिएको र उनका छोरा हेमराज भने फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइहरको प्रहरीले जनाएको छ।




प्रतिक्रिया