काठमाडौं, चैत ३ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा चार सय र चाँदी ७० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख नौ हजार ९०० मा र एक तोला चाँदी पाँच हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमवार छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २६५ निर्धारण भएको थियो । गत आइतबार एक तोला सुन तीन लाख नौ हजार ४०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २७० मा कारोबार भएको थियो ।




प्रतिक्रिया