हत्या गरेको अभियोगमा पक्राउ


बाजुरा ३ चैत । स्वामीकार्तिक खापर गाउँपालिका-२ पुडेनी बस्ने ३५ वर्षीय सर्बाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धन बहादुर महतरालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

धन बहादुर र उनकै १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा सर्बाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मुक्तिकोटबाट खटिएको प्रहरीले धन बहादुरलाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार धन बहादुरको छोराको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ