काठमाडौं, चैत ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आजदेखि मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु नपर्ने बताएकी छन्।
सो सम्बन्धी आफूले सम्बन्धित निकायमा निर्देशन दिइसकेको समाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु नपर्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्-‘मैले सम्बन्धित निकायमा निर्देशन दिइसकेको जानकारी गराउँछु।’
कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने उनले जानकारी गराएकी उनले ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायचित भन्दै प्रश्न समेत गरेकी छन् । ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायचित होरु र कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने जानकारी गराउँछु।’ उनले उल्लेख गरेकी छन् ।




प्रतिक्रिया