रास्वपाको अभिमुखीकरण कार्यक्रम सुरु


काठमाडौँ, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु भएको छ ।

दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको ग्वार्कोमा रहेको रोयल टुलिपमा आज (मंगलवार) देखि शुरु भएको हो । अभिमुखीकरण कार्यक्रम पार्टीका उपसभापति द्वय: डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले घण्टी बजाएर उद्घाटन गरेका छन् ।

आज र भोलि गरेर दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा आज कि–नोट स्पिज उपसभापति डा. स्वर्णिम वाग्लेले दिएका छन् । 

अभिमुखीकरण कार्यक्रममा योग तथा ध्यान शिविरसमेत राखिएको छ । विभिन्न विशिष्ट व्यक्तित्वहरुले सेसनमा प्रशिक्षण दिने पनि भनिएको छ । तर, बरिष्ठ नेता शाहको उपस्थिति भने नहुने भएको छ । सभापति लामिछानेले भने सत्रको समापन सम्बोधन गर्ने कार्यतालिका राखिएको छ ।