काठमाडौं, ३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टीका नवनिर्वाचित सांसदहरुलाई गर्न हुने र नहुने भूमिकाको बारेमा स्पष्ट पारेका छन् । उनले अहिले रास्वपाको एकमना सरकार बन्न लागेको अवस्थामा सांसदहरुले नै वाचडगको भूमिका खेल्नुपर्नेमा जोड दिए ।
आजबाट सुरु भएको दुई दिने अभिमुखीकरण कार्यशालालाई सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन् । निर्वाचन क्षेत्रका जनता गुनासाहरुलाई अब बुलन्द रुपमा उठाउनुपर्नेमा पनि उनले जोड दिए । नीति बहसमा सहभागी हुने र विकास निर्माणमा पनि काम गर्नुपर्ने भन्दै आफ्नो क्षमताअनुसार काम गर्न सुझाव दिए ।
उनले थिति बसाल्नको लागि वाचापत्र लागु गर्न सुझाव दिए । उनले बरालिएको अर्थराजनीतिलाई अब सम्हाल्नुपर्ने भन्दै त्यो काम गर्नसक्नेगरि जनताले आफूहरुलाई जिताएर पठाएको पनि स्मरण गराए । उनले अब त काम गरेरै देखाउनुपर्ने भन्दै अहिले ऐतिहासिक जनमतको जिम्मेवारी प्राप्त भएको बताए ।




प्रतिक्रिया