पोखरामा प्याराग्लाइडिङ पुन: सञ्चालनमा आउने


काठमाडौँ, ३ चैत । पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्णका कारण पोखराको आकासमा लामो समयसम्म बन्द रहेको प्याराग्लाइडिङ खेल अब भने सुरु हुने भएको छ ।

साहसिक र मनोरञ्जनका लागी उडाइने प्याराग्लाईडिङ्ग पछिल्लो समय आन्तरिक तथा बाहिय पर्यटकको रोजाइमा पर्ने गरेको छ । यस अघि हरेक दिन १ हजारदेखि १२ सय जना सम्मले उड्ने गरेको प्याराग्लाईडिङ्ग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै बन्द भएको थियो ।