हनी ट्र्यापमा पारी लुटपाट गरेको आरोपमा २ जना पक्राउ


काठमाडौँ, ३ चैत । हनी ट्र्याप प्रयोग गरी कुटपिट तथा लुटपाट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कालिका नगरपालिका -७ नमुना टोलमा बस्ने १८ वर्षीय यनि तामाङ र २५ वर्षीय विजय सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ का ४९ वर्षीय एक पुरुषलाई २०८२ फागुन २९ गते गते जुटपानीस्थित मिडचोकबाट गुम्बातर्फ जाने भित्री बाटोमा भेट्न बोलाइएको थियो।

पीडित उक्त स्थानमा पुगेपछि योजनाबद्ध रूपमा बोलाई कुटपिट गरिएको र उनीसँग रहेको बा.प्र.०३ ०४-प ५८८९ नम्बरको स्कुटर लुटेर फरार भएको प्रहरीले जनाएको छ।

घटनापछि पीडितले स्कुटर फिर्ता माग्दा आरोपीहरूले रकम माग्ने तथा रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइदिने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाइ पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।