प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच भेट


काठमाडौँ, ४ चेत । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा निर्वाचनपछिको समीक्षा, संसद सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।