काठमाडौं, ४ चैत्र । नेपाली कम्युनिष्ट पार्टीका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्न भक्तपुर पुगेका छन् । ओलीका ९७ वर्षीया पिता मोहनप्रसाद ओलीको गत फागुन २९ गते निधन भएको थियो । नेकपाका संयोजक पुष्पकमल दाहाल त्यही दिन अस्पतालमा पुगेर मोहनप्रसादप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए ।
आज भने नेकपाका नेताहरु पम्फा भुसाल, नेता देवप्रसाद गुरुङ र नेतृ रञ्जिता श्रेष्ठ गुण्डु पुगेका थिए । ओलीलाई भेट्न हिजो राष्ट्रपति रामचन्द्र पौडेल पुगेका थिए । यसअघि प्रधानमन्त्री सुशीला कार्कीपनि पतिसहित गुण्डु पुगेकी थिईन् ।




प्रतिक्रिया