कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, निर्वाचनको गम्भीर समीक्षा गरिने


काठमाडौं, ४ चैत्र । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । चैत्र ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरि बोलाईएको छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यो बैठकमा २१ फागुनको निर्वाचनमा पार्टीले व्यहोरेको हारको समिक्षा गरिने बताईएको छ । अहिले सभापति गगनकुमार थापाको राजीनामाको विषय पनि जोडदार रूपमा उठेको छ । कतिपय केन्द्रीय सदस्यहरुले सार्वजनिक रुपमा अब नेतृत्वले राजीनामा दिनुपर्ने आवाज उठाएका छन् । कतिपयले भने सभापति थापालाई भेटेर अहिले राजीनामा नदिन दबाब दिएका छन् ।