राजासहितको प्रजातन्त्र ल्याउनुपर्छ, बालेन शाह जंगबहादुर राणाजस्तै बलियो प्रधानमन्त्री बन्नुपर्छ : अध्यक्ष खड्का


काठमाडौं, ४ चैत्र । शाही युवा शक्ति नेपालले राजसंस्था पूनःस्थापनाको लागि यही चैत्र ६ गते शुक्रबार रत्नपार्कमा जनप्रदर्शन गर्ने भएको छ । शाही युवा शक्ति नेपालले अहिले देश दिशाहीन भइरहेको टिप्पणी गरेको छ । शाही युवा शक्ति नेपालले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र नेपाली जनतालाई झुक्याएर ल्याईएको दाबी गर्दै आएको छ ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले गणतन्त्र नेपाली माटो सुहाउने व्यवस्था नभएकोले अहिले देश जर्जर अवस्थामा पुगेको टिप्पणी गरे । उनले राजसंस्था पूनःस्थापना नगरिकन देश सही दिशमा अघि बढ्न नसक्ने उनको दाबी छ । उनले आफूहरु शान्तिपूर्ण आन्दोनलमाफर्त नै नेपालमा राजसंस्था पूनःस्थापना गर्ने पक्षमा रहेको बताए ।

उनले गणतन्त्र ल्याउने प्रचण्ड र गणतन्त्रमा पोईल जाने कांग्रेस र एमालेहरुलाई जनताले यो निर्वाचनमा हराएको र बालेन शाहको नेतृत्वलाई स्वीकारेको बताए । उनले रास्वपालाई प्राप्त गरेको मत प्रधानमन्त्री बन्नको लागि मात्रै नभएर शासकीय स्वरुप परिवर्तन गर्न प्राप्त भएको पनि स्मरण गराए ।

उनले अब राजासहितको प्रजातन्त्र ल्याउनुपर्ने र जंगबहादुर राणाजस्तै बलियो प्रधानमन्त्री भएर बालेन शाहले देश चलाउनुपर्ने सुझाव दिए । राष्ट्रवादी नेता मनोज सापकोटालगायतले सम्बोधन गरेका थिए ।