तोलामा ५४ सयले घट्यो सुनको भाउ, चाँदीको भाउमा पनि गिरावट


काठमाडौं, चैत ५ । आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५९ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ पनि तोलामा १४० रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ ।