काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री सुशीला कार्की आफ्नो मूल जिम्मेवारी पूरा गरेसँगै अब जिम्मेवारीबाट बिदाई हुने तयारीमा जुटेकी छिन् । २१ फागुनको निर्वाचन सम्पन्न गरेर नयाँ प्रतिनिधिसभा आएसँगै आफू नेतृत्वको सरकारको मूल काम सम्पन्न भएको निश्कर्षसहित प्रधानमन्त्री कार्की अब बहिर्गमनको तयारीमा छिन् । निर्वाचन आयोगले प्रतिनिधिसभाका समानुपातिकतर्फका सांसदहरुलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
प्रधानमन्त्री कार्कीले भने बालुवाटारमा दलका नेताहरुलाई बोलाएर निर्वाचन सफल रुपमा सम्पन्न गरेकोमा बधाई दिएकी छिन् । सुरुमा नेपाली कांग्रेसका नेताहरुसँग भेट गरेकी प्रधानमन्त्री कार्कीले एमाले र नेकपाका नेताहरुसँग पनि भेटवार्ता गरिसकेकी छिन् ।
प्रधानमन्त्री कार्की हिजो पशुपतिनाथ मन्दिरमा रुद्राभिषेष्क पूजामा सरिक भएकी थिईन् । आज विहानै भने उनी मुगु पुगेकी छिन् । पर्यटकीयस्थल राराको अवलोकनको लागि उनी आज विहानै त्यहाँ पुगेको बताईन्छ । प्रधानमन्त्री कार्की निर्वाचनको मुखमा मुक्तिनाथ र पाथिभरा मन्दिरको दर्शनमा पनि गएकी थिईन् । उनले निर्वाचनको पूर्वसन्ध्यादेखि निर्वाचन सम्पन्न भएपछि गरेको यात्रा हेर्दा देशको आन्तरिक धार्मिक महत्व बोकेका मन्दिरहरुको दर्शन गरेर तीर्थयात्रा गरिरहेको देखिन्छ ।




प्रतिक्रिया