प्रतिनिधिसभामा प्रतिनिधत्व गर्ने दलका नेताहरुको बैठक सिंहदरबारमा जारी


काठमाडौं, ५ चैत्र । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु भएको छ ।

संघीय संसद् सचिवालयले आह्वान गरेको बैठकमा रास्वपाबाट कविन्द्र बुर्लाकोटी, कांग्रेसबाट मोहन आचार्य, एमालेबाट गुरु बराल र नेकपाबाट रमेश मल्लको सहभागिता रहेको छ ।

आजमात्रै निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेको छ ।