रास्वपा लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने मुद्दामा सुनुवाई सकियो


काठमाडौं, ५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा आज बहस सकिएको छ । न्यायाधीशहरु शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाई सकिएको हो । यो रिटमा आइतबारदेखि सुनुवाई भएको हो ।

बीचमा एक दिन सार्वजनिक बिदा भएकोले सुनुवाई नभएको हो । आज निवेदकतर्फको जवाफी बहस सकिएसँगै सुनुवाई सकिएको हो । यो मुद्दामा आजै फैसला आउने बताईएको छ । महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल र केही कानूनका विद्यार्थीहरुले छुट्टाछुट्टै रिद दायर गरेका थिए ।