काठमाडौं, ५ चैत्र । अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउदसमेत ४ जनाउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ । अख्तियारले आज साउदसहित ती चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको हो ।
उक्त गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्तका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गाउँपालिकाका अध्यक्ष साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । त्यस्तै आरजे ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्सालविरुद्ध पनि मुद्दा दायर भएको छ ।
यस्तो छ अभियोगपत्र






प्रतिक्रिया