काठमाडौं, ५ चैत्र । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको पछिल्लो निर्वाचन परिणाम कम्युनिष्ट आन्दोलन मात्र हैन समग्र लोकतान्त्रिक आन्दोलनकै वस्तुपरक समीक्षा गरेर एक्काइसौं शताब्दीमा विश्व र नेपालको राजनीतिलाई नयाँ ढंगले पुनर्संरचना गर्ने महत्वपूर्ण प्रस्थानविन्दू बन्न सक्ने बताएका छन् । आज फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले यस्तो बताएका हुन् ।
उनले त्यसनिम्ति यहाँ दैनिक पत्रिकामा आएका सतही टिप्पणीभन्दा गहिराइमा जानु आवश्यक रहेको औंल्याएका छन् । उनले भनेक छन्,‘एक्काइसौं शताब्दीसंगसंगै अघि बढेको चौथो÷पाँचौं औद्योगिक क्रान्ति, ब्क्ष् लगायतका चमत्कारिक प्रविधि, अति–भूमण्डलीकृत अर्थतन्त्र, बहुध्रुवीय विश्व–व्यवस्था, भौतिक–सामाजिक–संज्ञानात्मक क्षेत्रका पछिल्ला ज्ञानविज्ञान आदिले ल्याएको असीम सम्भावना एकातिर, र अर्कोतिर, चरम आर्थिक असमानता, भयंकर पर्यावरण विनाश, आणविक हतियारको विभीषिका, राष्ट्रिय–जातीय–धार्मिक–सांस्कृतिक द्वन्द्व आदिका गम्भीर चुनौतिको वीचबाट नयाँ मानव–सभ्यता विकास र व्यवस्थापन गर्नुपर्ने दायित्व मानवजातिको काँधमा आएको छ।’
उनले अघि भनेका छन्–‘त्यसैले यतिवेला पहिलो औद्योगिक क्न्र्तिको वेला अठारौं–उन्नाइसौं शताब्दीको विशिष्ठतामा संश्लेषण गरिएका राजनीतिक विचार–दर्शन (उदारवाद, समाजवाद, संबद्र्धनवाद, अराजकतावाद, अनुभववाद, प्रियतावाद आदि) र तिनको जगमा संगठित पार्टी भन्दा अघि बढेको विचार–दर्शन र राजनीतिको नवसंश्लेषण र नवनिर्माण आजको आवश्यकता हो कि?




प्रतिक्रिया