काठमाडौं, चैत ६ । कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार श्रीमान श्रीमतीको निधन भएको छ । कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा वुधबार राती ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा कैलारी गाउँपालिका–५ बस्ने ६० वर्षीय कलसु चौधरी र उनकी श्रीमती ७० वर्षकी सेतानु चौधरीको निधन भएको हो।
दुर्घटनामा गम्भिर घाईते भएका दुवै जनालाई सेती प्रादेशीक अस्पताल धनगढी लगिएको थियो । घाईते श्रीमानलाई चिकित्सकले अस्पताल ल्याई नपु¥याइदै निधन भएको घोषणा गरेपनी उनकी श्रीमतीको भने उपचारकै क्रममा निधन भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा गोरु गाढमा बाँधिएको एक वटा गोरु मरेको छ भने एउटा गोरु घाईते भएको छ। ट्रक र ट्रक चालक धनगढी उपमहानगरपालिका–३ बोराडाँडी बस्ने ३३ वर्षीय रुबिन थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया