एकाबिहानै चन्दननाथमा पूजा गरेर प्रधानमन्त्री जुम्लाबाट जनकपुर ओर्लिदै


काठमाडौं, चैत ६ । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लाको चन्दननाथ मन्दिरमा पूजा गरेकी छिन् । कर्णाली प्रदेशको हिमाली जिल्लाको भ्रमणको क्रममा हिजो मुगु हुँदै जुम्ला पुगेकी प्रधानमन्त्री कार्कीले आज चन्दननाथ मन्दिरमा पूजा गरेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् हिजो जुम्ला पुगेकी प्रधानमन्त्री कार्की सेनाको २४ नम्बर बाहिनी अड्डामा बास बसेकी थिइन् ।

बिहीबार बिहान काठमाडौंबाट सुर्खेत हुँदै मुगुको रारा, जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको समेत अवलोकन गरेकी प्रधानमन्त्री कार्कीले मुगुमा जिल्लास्तरीय सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया गरेकी थिइन् । आज प्रधानमन्त्रीको जनकपुर पुगेर राम जानकी मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ ।