प्रधानमन्त्री कार्की जुम्लाबाट सिधै जनकपुरमा, जानकी मन्दिरको दर्शन


काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री सुशीला कार्की जनकपुर पुगेकी छिन् । हिजो कर्णाली प्रदेशको भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले मुगुको रारा तालको अवलोकन गरेकी थिईन् । उनी आज जुम्लाबाट सिधै जनकपुर पुगेकी छिन् ।

सो क्रममा उनले जानकी मन्दिरको दर्शन गरेकी छिन् । सरकारको नेतृत्वबाट विदा हुने मुखमा रहेकी प्रधानमन्त्री कार्कीले अहिले तीर्थयात्रा गरेको बताईन्छ । यसअघि चुनावको मुखमा मुक्तिनाथ र पाथीभरा मन्दिरको दर्शन गरेकी प्रधानमन्त्री कार्कीले आज जानकी मन्दिरमा पुगेर पूजाआजा गरेकी हुन् । उनको साथमा पति दुर्गा सुवेदी पनि छन्। जानकी मन्दिरको दर्शन गरेपछि उनले शान्ति महसुस भएको बताएकी छिन् ।

तस्बिर : केशव थापा/ प्रधानमन्त्रीको सचिवालय