काठमाडौँ, ६ चैत । काठमाडौं महानगरपालिका-१४ कलंकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम र नगद २३ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने काभ्रे घर भएका ३० वर्षीय रामचन्द्र गौतमलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१ बिशाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय रमन सिंघ राठोर र ३० वर्षीय सरोज सिंह चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्राम ७ सय २० मिलिग्राम सहित डडेलधुरा अमरगढी नगरपालिका-१ बस्ने २५ वर्षीय यादव तमौली समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.७ प २०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम १ सय ६० मिलिग्राम सहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-३ मालाखेती बस्ने २७ वर्षीय सुरेन्द्र साउद, कञ्चनपुर शुक्लाफाँटा नागरपालिका-११ कलुवापुर बस्ने २६ वर्षीय हिक्मत बोहरा, कृष्णपुर नगरपालिका-५ गुलरिया बस्ने २४ वर्षीय दिपेन्द्र बिष्ट र दार्चुला शैल्यशिखर नगरपालिका-६ उल्लानी बस्ने २८ वर्षीय जनक सिंह धामी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश.०२-००१ ज ६३० नम्बरको हाईसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक सुरेन्द्र, सहचालक हिक्मत तथा हाईसमा सवार दिपेन्द्र र जनकलाई पक्राउ गरेको हो ।
रौतहट, फतुवाविजयपुर नगरपालिका-५ सन्तपुर टोल बस्ने ५० वर्षीय तेजिलाल यादव र उनकै छोरा २२ वर्षीय लालबाबु यादवलाई अवैध लागूऔषध गाँजा १ किलो ९ सय २० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट खटिएको प्रहरीले तेजिलालले सोही ठाउँस्थित संचालन गरेको किराना पसल तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-७ रूपाचुरीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ३ किलो ४ सय ७८ ग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय देबचन्द्र घलानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ स्थित डण्डाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १२ एम्पुल, प्रोमेथाजाइन १६ एम्पुल र बुप्रेनोर्फिन २४ एम्पुल सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका-२ नौउडिहवा बस्ने २६ वर्षीय अनिष आले, सोही नगरपालिका-९ अञ्चलपुर बस्ने ३२ वर्षीय अविनास गुरूङ र कन्चन गाउँपालिका-३ हरैया बस्ने २२ वर्षीय सुजन सारू रहेका छन् । इलाका प्रहरी कार्यालय बेलहिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।




प्रतिक्रिया